१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढाइनेछ– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी ओलीले आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढाइने घोषणा गर्नुभएको छ ।

काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले साउन १ बाट सामाजिक सुरक्षा भत्ता बढाइने घोषणा गर्दै आफ्नो आलोचना गर्नेहरुले अब के गर्नेछन् भन्नुभयो ।

आपत्ति जनाउनेहरु जनाइउँदै गरुन् भन्दै उहाँले भन्नुभयो, ‘सबैले सुन्ने गरी भन्दैछु, साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढाइनेछ ।’

आफ्नो सरकार बन्ने बित्तिकैको बजेटमा बृद्ध भत्ता नबढाइएको भन्दै आलोचना गरिएकोमा पनि उहाँले आपत्ति जनाउनुभयो ।