२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रचण्ड भन्ने मान्छेको स्वार्थका लागि मुलुक सती जान्छ ?–प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी ओलीले प्रचण्डको स्वार्थका लागि मुलुक सती नजाने बताउनुभएको छ ।

काठमाडौंमा रिपोर्टर्स क्लबको वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एकाध मान्छेको तीव्र महत्वाकांक्षा छ, देश बनाउने उद्देश्य छैन, पदको स्वार्थ भएका मान्छेको कारण समस्या भएको छ । केही मान्छेहरुले देशको राजनीतिलाई धमिल्याउन खोजे । के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ?’

नेकपाको विभाजन अदालतले नगरेको भन्दै उहाँले पार्टी एकीकृत नै कहाँ थियो ? भन्ने प्रश्न गर्नुभयो, ‘एकता बाँकी थियो र भंग गर्ने अदालतले ? अध्यक्ष निकालिसकेको छ । दलको नेता निकालिसकेको छ । दलको नेतालाई साधारण सदस्यबाट निकालेको छ । मैले फोन गरेकोलाई मजाक गर्ने इच्छा छैन भनेर, ठीक छ नि त आफ्नो आफ्नो पार्टी चलाउने ।’

प्रधानमन्त्री ओलीले अब प्रचण्डसँग कोही नडराउने भन्दै भन्नुभयो, ‘तपाईसँग सेना पनि छैन । हतियार पनि छैन । तपाईंले तर्साएर अब कोही तर्सँदैनन् । म प्रचण्डजीलाई उमेर सम्झन आग्रह गर्दछ । उहिले सम्झेर छेलो फाल्न नखोज्नुस् नत्र ढाड सड्कन्छ ।’

प्रचण्डलाई कटाक्ष गर्दै ओलीले भन्नुभयो, ‘जे गरे पनि हुने ? काँटे पनि हुने, मारे पनि हुने, अपहरण गरे पनि हुने, वेपत्ता बनाए पनि हुने, लूटे पनि हुने ?’

अब त्यस्तो समय र दिन नरहेको भन्दै उहाँले प्रचण्डको पछि लागेर हिंडेकामा माधव नेपालको खिल्ली पनि उडाउनुभयो ।