१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दयारामले न्याय नपाउँदा दण्डहीनता मौलायो : अध्यक्ष मगर


0
Shares

काठमाडौं, चैत १७ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले अधिकारकर्मी दयाराम परियारलाई न्याय दिन नसके सबै अधिकारकर्मीको मनोबल घट्ने भन्दै दण्डहीनता अन्त्यका लागि सरकारलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका छन् ।

अधिकारकर्मी दयाराम परियारको १५ औं स्मृती दिवसमा आयोगद्वारा आयोजित समारोहमा बोल्दै अध्यक्ष मगरले दयारामको सहादतको कदर गर्न आयोग दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

श्रद्धाञ्जली अर्पण गर्दै दाजु प्रकाशचन्द्र परियार मानवअधिकार क्षेत्रका प्रथम शहीद दयाराम परियार अध्यक्ष मगरले भन्नुभयो, ‘हामीले दयारामलाई न्याय दिन सकेनौँ भने मानव अधिकारको क्षेत्रमा काम गर्ने सम्पूर्णको मनोबलमा कमी आउँछ । दयारामको आत्माले शान्ति र उनले न्याय पाउनुपर्छ, त्यसका लागि हामी कटिबद्ध छौँ ।’

अधिकारकर्मी परियारको मानव अधिकार आयोग जनकपुर कार्यालयमा कार्यरत रहँदा शाहीकालमै ०६२ चैत ११ मा प्रहरीको गोली लागी उपचारको क्रममा चैत १५ गते निधन भएको थियो ।

घटनाको अनुसन्धान गर्दै आयोगले तत्कालीन प्रहरी निरीक्षक प्रकाशराज शर्मासहितको टोलीलाई बिनाकारण अन्धाधुन्ध गोली चलाई हत्या गरेको निष्कर्ष निकाली फौजदारी अभियोगमा कारवाही गर्न सरकार समक्ष सिफारिस गरेको थियो ।

आयोगको सिफारिस लत्याउँदै कारवाहीको सट्टा हत्यामा संलग्न तत्कालीन प्रहरी निरीक्षक शर्माको बढुवा भएको भन्दै दयारामका दाजु प्रकाशचन्द्र परियारले दण्डहीनता विरुद्ध आयोगले प्रभावकारी कदम चाल्न नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

दाजु प्रकाशचन्द्रले कार्यक्षेत्रमा रहेकै बेला शहादत प्राप्त गरे पनि मानव अधिकार आयोगकै कर्मचारीले न्याय नपाउनु ठूलो बिडम्बना भएको भन्दै आयोगका नवनियुक्त पदाधिकारीमाझ गुनासो गर्नुभएको थियो ।

उहाँले, ‘गाडीको हुटबाट खसेका मानिसलाई शहीद घोषणा गर्न सक्ने दलहरूले शाही शासनकालमा गोली लागेर कर्मक्षेत्रमै मृत्युवरण गरेका मानव अधिकार क्षेत्रको पहिलो शहीद दयाराम परियारको सम्मानमा एउटा हुलाक टिकट छापी देउ भनेर १५ वर्षदेखि याचना गर्नु कति सम्मको बिडम्बना हो रु’

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगर सामाजिक न्याय वकालतकर्ता समेत रहेका दाजु प्रकाशचन्द्रले दयारामको उचित कदर गर्न उनलाई औपचारिक शहीद घोषणा गर्नुपर्ने, सरकारले हुलाक टिकट जारी गर्नुपर्ने, मानव अधिकार आयोगको नयाँ बन्ने भवनमा शालिक राख्नुपर्ने, विभिन्न प्रकाशन तथा प्रसारण सामाग्री उत्पादन गरेर दयारामको योगदानबारे प्रचार गर्नुपर्ने, दयाराम स्मृति कर्मचारी पुरस्कार तथा छात्रवृत्ती स्थापना गर्नुपर्ने लगायतका माग आयोगका पदाधिकारीमाझ राखेका छन् ।

स्मृति सभामा आयोगका सदस्य डा. सूर्य ढुंगेलले दयारामको निधनले सम्पूर्ण मानव अधिकारकर्मीलाई अधिकारको क्षेत्रमा काम गर्न थप प्रेरणा दिएको बताउनुभयो।

उहाँले, ‘एउटा दयारामको क्षतिले १० वटा दयारामको जन्म गराउँछ।’ यस्तै सदस्य ढुंगेलले स्मारिका प्रकाशन गर्ने, हुलाक टिकट प्रकाशन गर्ने, नयाँ बन्ने भवनमा शालिक स्थापना गर्ने, कार्यालयमा दयाराम कक्ष र दयाराम मानव अधिकार संग्रहालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले दयारामलाई गोली हान्नेलाई कारवाहीको सट्टा पुरस्कृत गर्नु मानव अधिकार क्षेत्रमा काम गर्नेलाई ठाडो चुनौती भएको समेत बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य ढुंगेल स्मृति समारोहमा आयुक्त मनोज दुवाडी, सहसचिव डा. टिकाराम पोखरेल लगायतले मानव अधिकारको क्षेत्रमा दयाराम परियारको योगदान र सहादत अपूरणीय रहेको भन्दै दण्डहीनता अन्त्यको लागि सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो ।

अहिलेसम्म मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा योगदान गरेका डा. शिवमाया तुम्बाहाम्फे, दुर्गा घिमिरे, चन्द्रकिशोर झा, बलदेव राम, चरिमाया तामाङ, शारदा चन्द, टेकनाथ बराल, मातृका देवकोटा, नजवुल खान, विद्या राजभण्डारी, रामजी अधिकारी, प्रेम कुमारी पन्त, नारायणप्रसाद शर्माले ‘दयाराम परियार मानव अधिकार स्मृति सम्मान’ प्राप्त गरिसकेका छन् ।