१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एटिएम ह्याकर चिनियाँ नागरिक पक्राउ


0
Shares

काठमाडौं, चैत १८ । महानगरिय प्रहरी परिसर काठमाडौ र दरबारमार्ग प्रहरी वृतको संयुक्त टोलीले एटीएम मेशिनको कि बोर्ड ह्याक गर्ने चिनियाँ नागरिकलाइ पक्राउ गरेको छ ।

विभिन्न बैकको एटिएम बुथमा शंकास्पद क्रियाकलाप गरिरहेको सूचनाका आधारामा चिनियाँ नागरिक वाङ्ग जिवलोङ्गलाइ नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

अनाधिकृत रुपमा एटिएम मेशिनमा प्रवेश गरेर पिन नम्बर ह्याक गरि नगद निकाल्न खोजेको अवस्थामा चिनियाँ नागरिक वाङ्गलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वाङ्ग मंगलबार २ः३० बजेको विमानबाट काठमाडौं आएको प्रहरीले जनाएको छ ।