१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


उपत्यकामा करिडोर म्यानेजमेन्टका लागि प्रहरी परिचालन


0
Shares

काठमाडौं, चैत १८ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा निर्मित करिडोर व्यवस्थापनका लागि ३४ जना ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ ।

मुख्य सडकमा ट्राफिक चाप बढेपछि सहज यातायात सञ्चालनका लागि बनाइएको करिडोरमा पनि अव्यबस्थित पार्किङका कारण जाम हुन थालेको छ ।

करिडोरको व्यवस्थापन गर्नका लागि १७ वटा मोटरसाइकलमा ३४ जना ट्राफिक प्रहरी परिचालन गर्न लागिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराइले बताउनुभयो ।

करिडोर ब्यवस्थापन टोलिले मोटरसाइकलमा करिडोरको निगरानी गन सो क्षेत्रमा अव्यवस्थित पार्किङ गरी अवरोध गर्नेलाई कारवाहिको दायरामा ल्याइने महाशाखाका प्रबक्ता श्यामकृष्ण अधिकारिले बताउनुभयो ।

यसैबीच आफ्नो काममा निस्वार्थ लागेका प्रहरीलाई ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भटटराइले नगद तथा प्रशंसा पत्रले सम्म्मान गर्नुएको थियो ।