१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तेह्रथुमका आगलागी पीडितलाई खान बस्नको चिन्ता


0
Shares

तेह्रथुम, चैत १८ । तेह्रथुमको फेदाप गाउँपालिकाको सिम्लेमा १५ वटा भन्दा बढी घर जलेर नस्ट भएका छन् भने एक वृद्धा वेपत्ता भएकी छन् ।

गत शुक्रबारदेखि स्थानीय खोरुङ्गाको जंगलमा लागेको बस्तीमा सल्किएपछि घरहरु जलेका हुन् ।

आगलागीका क्रममा ७० बर्षिया नरमाया भण्डारी बेपत्ता भएकी हुन् ।

खरको छानो भएका घर र गोठहरु जलेर नष्ट हुँदा २ करोड भन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।

अन्नपात समेत जलेकाले पीडितहरुलाई खान बस्नै समस्या भएको छ ।