६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


शैक्षिक सत्र २०७८ मा लिने शुल्कको विवरण बैशाख १५ गतेभित्र काठमाडौं महानगरमा बुझाउनुपर्ने


0
Shares

काठमाडौं, चैत १८ । काठमाडौं महानगरपालिका भित्र सञ्चालित संस्थागत विद्यालयलहरुले शैक्षिक सत्र २०७८ मा लिने शुल्कको विवरण आगामी बैशाख १५ गते भित्र महानगरमा बुझाइसक्नु पर्ने भएको छ ।

संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ ले निर्धारण गरेको मापदण्ड अनुरुप विद्यालय व्यवस्थापन समितिले बार्षिक कार्यक्रम बनाइ शुल्क निर्धारण गर्नुपर्ने भएको हो ।

महानगरले निर्देशिका अनुसार शुल्क निर्धारण गरी समय सीमा भित्र विवरण बुझाउन सबै विद्यालयलाई सूचित गरेको छ ।

महानगरभित्र ६४५ निजी विद्यालय सञ्चालनमा छन् भने करिब ६ लाख विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले पेश गरेको शुल्कमा अनुगमन पछि शुल्क निर्धारण गरिने महानगरले जनाएको छ ।

हरेक विद्यालयले मनमरी तरिकाले शुल्क लिने गरेकाले यसलाई नियमन गर्न निर्देशिकाले व्यवस्था गरेको मापदण्ड अनुसार शुल्क निर्धारण गर्न निर्देशन दिइएको महानगर शिक्षा विभागले जनाएको छ ।