
काठमाडौं । नेकपा (एमाले) नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्म समीक्षा गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा अहिलेको निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको शाक्यले बताउनुभयो । उहाँले पार्टी अध्यक्ष सच्चिनुको विकल्प नरहेको पनि बताउनुभयो ।
निषेधकोे राजनीतिले कसैलाई हित नगर्ने भएकाले पार्टी अध्यक्षबाटै सच्चिएर एकताको थालनि गर्नुपर्ने शाक्यकाे भनाइ छ ।
उहाँले भन्नुभयो ‘तपाई हाम्रै कारणले गर्दा आज हामी कमजोर अवस्थामा पुगेका छौं । हामी एक अर्कामा निषेधको राजनीति गरिरहेका छौं । कम्युनिष्ट पार्टीलाई एकताबद्ध र बलियो बनाएर होइन आफैँ–आफैँ लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं ।’
उहाँले थप्नुभयो, ‘त्यसो भएको हुनाले पनि यतिबेला हामीले आत्म समिक्षा गर्ने की नगर्ने र हामीले यस्तो कुरा सच्याउने की नसच्याउने ? यदि नेकपा एमाले बलियो बनाएर अगाडी बढन, समाजवादको लक्ष्य प्राप्त गर्न, आमुल परिवर्तन गरी देशलाई अघि बढाउन र समृद्धको चाहना पूरा गर्न हामी सत्तामा भएको पार्टीले आफूलाई सच्याउनैपर्छ ।’
उहाँले पार्टीमा गुटको राजनीति गर्न नहुने धारणा राख्दै रुपान्तरित हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्