७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नेप्से ४३ अंकले उकालो लाग्यो


0
Shares

काठमाडौं, चैत १८ । बुधवार पनि शेयर बजारमा उच्च सुधार जारी रह्यो ।

नेप्से पुनः २६ सय माथी पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से ४३ अंकले उकालो लागेर २६ सय १९ पुग्यो ।

क वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ इन्डेक्स पनि ७ अंकले बढेर ४ सय ६४ पुगेको छ ।

कारोबार अघिल्लो दिन हाराहारीमै रह्यो । यसदिन व्यापार समुह बाहेक अन्य सबै उपसुचक हरियो रहे ।

निर्जीबन बिमा समुह सबैभन्दा उच्च ३ सय ५० अंकले उकालो लाग्दा जिवन बिमा समूहमा पनि १ सय ६७ अंकले बृद्धि आयो ।

यस्तै होटल तथा पर्यटन समूह ६३ अंक, विकास बैंक समूह ४३ अंक, वाणिज्य बैंक समूह ४१ र जलविद्युत समूह पनि ३३ अंकले सुधारिए ।

लघुवित्त र अन्य समूह पनि २६ अंकले उक्लिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ११ कम्पनीको शेयर मुल्य बृद्धि हुदा ४९ कम्पनीको मुल्य घट्यो भने १९ कम्पनीको मुल्य स्थीर रहेको नेप्सेले जनाएको छ ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ९ कम्पनीको १ करोड १२ लाख कित्ता बढी शेयर ६ अर्ब १६ करोड बढीमा कारोवार भएको एक्सचेन्जले जनाएको छ ।