
EPA
एजेन्सी । फेसबुकले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक भिडियो उनकी बुहारी लारा ट्रम्पको पेजबाट हटाएको छ ।
सामाजिक सञ्जाल फेसबुकले गत जनवरीमा वासिङटनस्थित संसद् भवनमा ट्रम्पका समर्थकहरूले हिंसात्मक प्रदर्शन गरेपछि उनलाई आफ्नो प्लेटफर्मबाट प्रतिबन्ध लगाउँदै आएको छ ।
लारा आफैंले ट्रम्पसँग लिएको अन्तर्वार्ताको एक भिडियो आफ्नो पेजमा पोस्ट गरेकी थिइन् ।
पछि उनले फेसबुकबाट प्राप्त एक इमेलको स्क्रिनसट पोस्ट गरेकी छिन् जसमा उनलाई प्रतिबन्धको चेतावनी दिइएको छ ।
डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताहरू ब्लक गरी राखिए बमोजिम अन्य खातामा पोस्ट गरिएका ट्रम्पको आवाजसहितका थप सामग्रीहरु हटाइनेछ र त्यस्ता खातामा थप सीमितता लागू हुनेछ, उक्त इमेलमा लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस्