
काठमाडौं, चैत १९ । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंकले उकालो लागेर २६ सय ३१ पुग्यो ।
यस दिन कारोबारमा पनि सुधार आएर सवा ७ अर्ब पुग्यो ।
यस दिन बढीजसो समूह हरियो रहे । होटल तथा पर्यटन, जीवन बीमा, लगानी र सामुहिक लगानी कोष बाहेक अरु समूह सकारात्मक रहेका हुन् ।
व्यापार समूहमा सबैभन्दा उच्च ३ सय ६८ अंकको बृद्धि आयो । अन्य समूह पनि ६३ अंकले उकालो लाग्यो ।
विकास बैंक समूह ५२ अंकले उक्लियो । जलविद्युत, वित्त, निर्जीबन बीमा र उत्पादनमूलक समूह पनि दोहोरो अंकले सुधारिए ।
होटल तथा पर्यटन समूहमा ७७ अंक र जीवन बीमा समूहमा पनि ५६ अंकको गिरावट आयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १८ कम्पनीको १ करो ४४ लाख बराबर कित्ता शेयर ७ अर्ब २५ करोड ९ लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्