
डडेल्धुरा, चैत १९ । सुदूरपश्चिमका बिभिन्न जिल्लामा समेत कार्यक्षेत्र रहेको डडेल्धुरास्थित आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा २० करोड बढी राजश्व संकलन गरेको छ ।
डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ्ग, डोटी, अछाम र बाजुरा जिल्लामा गरी उक्त राजश्व संकलन गरिएको हो ।
मूल्य अभिबृद्धि करबाट ११ करोड ९५ लाख ४५ हजार, आयकर तर्फ ७ करोड ४० लाख १२ हजार, अन्तशुल्कबाट १ करोड २ लाख ५० हजार र अन्यबाट ४ लाख ६७ हजार ३ सय गरि जम्मा २० करोड ८४ लाख ८० हजार रुपैंया संकलन भएको आन्तरिक राजस्व कार्यालय डडेल्धुराका कर अधिकृत तिलकराज बोगटीले जानकारी दिनुभयो ।
डडेल्धुरामा आन्तरिक राजश्व कार्यालय खुले पछि सुदूरपश्चिम प्रदेशको ७ वटै पहाडी जिल्लाका करदातालाई कैलाली र कञ्चनपुर पुग्नु पर्ने बाध्यता हटेको छ ।
प्रतिक्रिया दिनुहोस्