७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बडिगाड घटनामा संलग्न ८ जना सार्वजनिक


0
Shares

डम्मर बुढा मगर (इमेज)

बागलुङ, चैत २० । जिल्ला प्रहरी कार्यालय बागलुङले बडिगाड घटनामा संलग्न ८ जनालाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

घटनामा संलग्न बडिगाड गाउँपालिका वडा नम्बर १० का २३ वर्षीय मिलन बुढा मगर, २४ वर्षीय रेशम भनिने भेषराज बुढा मगर, २३ वर्षीय कुमार छन्त्याल, ३३ वर्षीय झनबहादुर बुढा मगर, तिर्थ लाल बुढा मगर, ३१ वर्षीय सूर्य बुढा मगर र ४६ वर्षीय ढाल बहादुर बुढा मगरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

चैत १५ गते होली खेल्ने क्रममा बडिगाड गाउँपालिका वडा नम्बर १० र निसीखोला गाउँपालिका वडा नम्बर ७ को सिमाना बल्देधुरी झडप हुँदा २ जनाको मृत्यु भएको थियो ।

घटनामा निसीखोला गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दामाईको ज्यान गएको थियो ।

प्रहरीले मिलन बुढा मगर र रेशम बुढा मगरलाई गुल्मीको मदाने गाउँपालिकाबाट, कुमार छन्त्याललाई रुपन्देही, रेशम बुढा मगरलाई बुर्तिबाङ, सूर्य बुढा मगर र ढाल बहादुर बुढालाई दर्लिङबाट पक्राउ गरेको र दुई जना जिल्ला प्रशासनमा आएर आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद थपि अनुसन्धान सुरु गरिएको एसपी मगरको भनाई छ ।

पीडित पक्षले ६ जना विरुद्ध किटानी जाएरी दिएका थिए । जसमध्ये ४ जना पक्राउ परेका छन् ।