
Reuters
एजेन्सी । ताइवानमा यात्रुबाहक रेल र मालवाहक ट्रक ठोक्किंदा कम्तिमा ४८ जनाको मृत्यु भएको छ ।
घटनामा ६६ जना भन्दा बढी घाइते भएका छन् ।
राजधानी ताइपेइबाट ताइतुंग शहरतर्फ गईरहेको रेल र बिपरित दिशाबाट आइरहेको मालबाहक ट्रक सुरुङमा ठोकिक्एर दुर्घटना भएको हो ।
ट्रकसंग ठोक्किएपछि रेल लिकबाट बाहिर गएर भएको दुर्घटनामा थुप्रै यात्रुको च्यापिएर मृत्यु भएको हो ।
८ वटा डिब्बा भएको सो रेलका ५ वटा डिब्बा पुर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।
घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
ताइवानको इतिहासमा यो नै ठ्लो रेल दुर्घटना भएको जनाइएको छ ।
यसअघि सन् २०१८ मा भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने १ सय ७५ जना घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्