१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार छ : उद्योग मन्त्री भट्ट


0
Shares

काठमाडौं, चैत २० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरुलाई समाधान गर्न सरकार लागि परेको बताउनुभएको छ ।

शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले यस्तो बताउनुभएको हो ।

आयल निगम सम्बन्धी समस्याहरुलाई प्राविधिक रुपमा भन्दापनि नीतिगत रुपमा समाधान गर्न सरकार लागिपरेको बताउँदै उहाँले राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसेको जानकारी दिनुभयो ।

यस्तै व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइने पनि मन्त्री भट्टले बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र देशलाई समृद्ध बनाउन अगाडी बढीरहेको भएपनि सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै फरक रहेको बताउनुभयो ।

निजी क्षेत्र नाफा मुखी हुने र सोही अनुसार कर तिरेर राज्यलाई सहयोग गरिरहेको उहाँको भनाई छ ।

तर सरकारले अनुगमनको नाममा उद्योगी व्यवसायीलाई पीडा दिने गरेको अध्यक्ष गोल्छाको गुनासो थियो ।

कार्यक्रममा सहभागि उद्योगी व्यवसायीहरुले पेट्रोलिय पदार्थ अर्थतन्त्रको रक्तसञ्चार भएकोले यसको वितरण प्रणालीलाई सहज बनाउनुपर्ने बताएका थिए ।