२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


‘कृषिमा भित्र्याउने वैदेशिक लगानीको क्षेत्र किटान हुनुपर्छ’


0
Shares

काठमाडौं, चैत २२ । सांसदहरुले कृषिमा वैदेशिक लगानी खुला गर्ने हो भने कुन-कुन क्षेत्रमा भित्राउने हो भन्ने स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने बताएका छन् ।

आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले सरकारले कृषिमा विदेशि लगानी भित्राउने निर्णय गर्दा कुन-कुन क्षेत्रमा भित्राउने हो स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

सरकारले कृषिमा विदेशि लगानी भित्राउने भनिएपनि कुन कुन क्षेत्रमा प्राथमिकता दिने हो स्पष्ट नभएको सांसदहरुले बताएका हुन् ।

बैठकमा समिति सभापति विमल प्रसाद श्रीवास्तवले कृषीको कुन कुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो स्पष्ट हुनुपर्ने बताउनुभयो ।

सांसद अमृता देवी अग्रहरीले नेपालको कृषिमा वैदेशिक लगानी आवश्यक रहेको बताउनुभयो ।

कृषिमा उत्पादन बढाई निर्यात गर्नका लागि विदेशी लगानी आवश्यक रहेको उहाँको भनाइ थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै निर्यातको चरणमा जान ठूलो लगानीको आवश्यकता पर्ने भएकाले कृषिमा विदेशी लगानीको आवश्यकता देखिएको बताउनुभयो ।

स्वदेशमै रोजगारी सिर्जना गर्न राज्यले आवश्यकता ठानेर नै कृषिमा विदेशी लगानी भित्राउन लागेको बताउनुभयो ।

कृषी तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव प्रेमनारायण कंडेलले नेपालको प्राथमिक उत्पादनलाई हानी नहुनेगरी कृषिमा विदेशी लगानी भित्राउनुपर्ने बताउनुभयो ।

कृषिमा विदेशी लगानी खुला गर्ने सन्दर्भमा समितिमा सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल भइरहेको छ ।