१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चैत्र २५ गतेदेखि चीनले दिएको कोरोनाविरुद्धको खोप लगाउन सुरु


0
Shares

काठमाडौं, चैत २२ । स्वास्थ्य मन्त्रालयले चीन सरकारको अनुदानमा प्राप्त कोरोना खोप यहि चैत्र २५ गतेदेखि लगाउन शुरु गरिने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुदानमा प्राप्त भएको ८ लाख डोज भेरोसेल्ड खोप काठमाडौका तोकिएका अस्पतालबाट लगाईने जानकारी दिनुभयो ।

उक्त खोप चीनमा अध्ययन गर्ने नेपाली विद्यार्थी, चीन जाने तयारीमा रहेका ब्यापारी तथा उत्तरी सीमाबाट ओहोरदोहोर गर्ने नेपालीहरुलाई लगाइने मन्त्रालयले जनाएको छ ।

यसअघि उक्त चीनबाट प्राप्त खोप ४० देखि ५९ बर्ष समूहमा लगाउने घोषणा सरकारले गरेको थियो ।