१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


शेयर बजारमा नयाँ रेकर्ड कायम


0
Shares

काठमाडौं, चैत २२ । नेपालको शेयर बजारमा आइतबार नयाँ रेकर्ड कायम भएको छ ।

शेयर बजार सूचक नेप्से २५ अंक बढेर २६५७ बिन्दुमा पुगेर अलटाईम हाइको रेकर्ड कायम भएको हो ।

यसअघि गत फागुन ९ गते नेप्से २६४० को विन्दुमा पुगेर फर्किएको थियो ।

नेप्सेले अलटाइम हाईको रेकर्ड बनाएको दिन आइतबार कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ ।

यस दिन ९ अर्ब ६८ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

२१२ वटा कम्पनीको एक करोड ८१ लाख कित्ता सेयर खरिद विक्री हुँदा ११० वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ५८ वटा कम्पनीको मूल्य घट्यो ।

यस्तै १२ वटा कम्पनीको मूल्य स्थिर रह्यो । अधिकांश उपसमूह हरियो भएको आइतबारको बजारमा निर्जीवन बीमा समूहको सूचक सर्वाधिक ५४३ अंकले बढ्यो भने जीवन बीमा समूहको सूचक १५५ अंकले बढ्यो ।

यस्तै अन्य समूहको सूचक ६९ अंकले बढ्दा व्यापार समूह २०३ र होटल तथा पर्यटन समूहको सूचक ३० अंकले घटेको छ ।