१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा, मच्छिन्द्र क्लब २-१ ले पराजित


0
Shares

काठमाडौं, चैत २२ । अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट अन्तिम चारमा पुगेको हो ।

अफ्रिकनलाई जित दिलाउन मौसा र एनजिमीले एक–एक गोल गरे ।

मछिन्द्रका अभिषेक रिजालले एक गोल फर्काए । क्यामरुनी खेलाडीले भरिएको अफ्रिकनले २३ औं मिनेटमा मौसाको गोलबाट अग्रता बनाएको थियो ।

खेलको म्यान अफ दि म्याच मौसा चुनिए । शनिबार भएको पहिलो खेलमा जित निकाल्दै एपीएफ क्लब सेमिफाइनल प्रवेश गरिसकेको छ ।

अब सोमबार हुने तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मर्स्याङ्दी क्लब खेल्नेछन् ।

अन्तिम क्वाटरफाइनलमा थ्री स्टार र नेपाल पुलिस भिड्ने छन् ।

प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।