
अछाम । गत भदौ २ गतेको बाढीले तहसनहस बनेको रामारोशन गाउँपालिकाले समृद्धि पथमा आफ्ना कदमहरु चाल्न थालेको छ ।
कैलास खोलामा आएको बाढीले सडक, विद्युत र सिचाईंमा नराम्ररी प्रभाव पारेको थियो । गाउँपालिकाका अध्यक्ष र स्थानीय नेताहरुको पहलमा रामारोशन पुनः समृद्धि पथमा अघि बढेको हो ।
स्थानीय नेताहरुले जनतासँगै हातेमालो गर्दा अहिले गाउँपालिकाका सात वडामध्ये अधिकांस वडामा विद्युत् पुगेको छ भने किसानहरुलाई पानी तान्ने मेसिनहरु वितरण गरिएका छन् ।
कैलासले बगाएपछि संरचना पुनः निर्माणमा २० वर्ष लाग्ने अनुमान गरिएको थियो ।
तर, अध्यक्षको सक्रियताले विकासका कामहरुले तिव्रता पाएका हुन् । पहिलो चरणमा गत दशैंमा सडक पुर्याएको गाउँपालिकाले दोस्रो चरणमा विद्युतको प्रसारण लाइन विस्तार गरेको थियो ।
यसैगरी गाउँपालिकामा फोन नेटवर्क नटिप्ने स्थानमा टावरको पहुँच विस्तार र फोर जी सेवा सञ्चालन गरेको थियो । असार नजिकिन थालेसँगै रामारोशनका किसानलाई पानी तान्ने मेसिनहरु वितरण गरिएका छन् ।
किसानका लागि गाउँपालिकाले २० लाख लगानीमा सातै वडाका लागि मेसिन वितरण गरिएको अध्यक्ष झंकर साउदले जानकारी दिएका छन् । यसैगरी, बाढीले बालुवा भरिएका खेतहरु तत्काल निर्माण गर्न मद्दत गर्ने अध्यक्ष साउदले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्