
काठमाडौं, चैत २३ । साताको दोश्रो दिन सोमबार शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो ।
नेप्से १ अंकले सकरात्मक रहेर २६ सय ५९ अंकको उचाइ कायम भयो ।
यो अहिले सम्म कै उच्च अंक हो । यसदिन कारोवार पनि ७ अर्ब बढी रह्यो । यस दिन आधा समूह हरियो रहे भने आधा रातो रहे ।
यस दिन व्यापार समुह सबैभन्दा उच्च १ सय ३३ अंकले उकालो लाग्दा होटल तथा व्यापार समुहमा पनि १ सय १४ अंकको बृद्धि आयो ।
जलविद्युत समुहमा ४६ अंकको सुधार आउदा लघुवित्त समुह ३५ अंक, अन्य समुह ३३ अंक र उत्पादन समुह पनि २४ अंकले उक्लिए ।
सामुहिक लगानी कोष मात्र हरिया रह्यो । यसदिन निर्जीबन बीमा समुहमा १ सय ७ अंकको गिरावट आउदा जिवन बिमा समूह पनि ३९ अंकले ओरालो लाग्यो ।
बिकास बैक र वाणिज्य बैंक समूह दोहोरो अंकले ओरालो लागे । यस दिन ५९ कम्पनीको शेयर मुल्य बढ्दा १ सय ५ कम्पनीको मुल्यमा गिरावट आएको छ भने १६ कम्पनीको मुल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १२ कम्पनीको १ करोड ५८ लाख बढी कित्ता शेयर ७ अर्ब २९ करोड बढीमा कारोवार भएको एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्