९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


एमभी दुगडले असारभित्रै ५० वटा नयाँ डिलर थप्दै


13
Shares

काठमाडौं, चैत २३ । एमभी ग्रुपले आगामी असार मसान्तभित्रै ५० वटा डिलर थप्ने तयारी गरेको छ ।

कम्पनीले देशैभर आफ्ना नेटवर्किङ विस्तार गर्दै आगामी दिनमा बजार व्यवस्थापन थप चुस्त बनाउने भएको कम्पनीका उपाध्यक्ष विजय महतोले बताउनुभयो ।

पछिल्ला केही वर्षयता बजार मागको आवाश्यकता अनुसार अघिल्ला वर्षहरुमा भन्दा दोब्बरले माग बढने आँकलन कम्पनीको छ ।

कम्पनीले ग्राहकबिच सम्पर्क बढाउँदै बजारी व्यवस्थापनमा समेत पुग्ने गरि भेष्पाको राईड आयोजना गरेको कम्पनीकी बजार प्रबन्धक करुणा पुडासैनीले जानकारी दिनुभयो ।

कम्पनीले १ सय जना ग्राहकलाई काठमाडौं-सुकुटे राईड आयोजना गरेको थियो ।