
सुनसरी, चैत २४ । सुनसरीको धरान उपमहानगरपालिकामा खानेपानीको हा–हाकार भएपछि स्थानीय आन्दोलित भएका छन् ।
हप्ता दिनदेखि धारामा खानेपानी नआएको भन्दै स्थानीयले रित्तो गाग्री बोकेर धरान उपमहानगरपालिका घेराउ गरेका हुन् ।
उनीहरुले तत्काल खानेपानी वितरण गर्न माग गरेका छन् ।
एसियाली विकास बंैकको आर्थिक सहयोगमा निर्माण थालिएको खानेपानी आयोजनाको काममा करौडौं रुपैयाँ भ्रष्टाचार भएको भन्दै उनीरुले तत्काल छानविन गरि दोषीलाई कारवाही गर्न मागसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्