२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


माओवादीबाट एमाले प्रवेश गरेका ४ मन्त्रीमाथि कारबाही, गृहमन्त्री थापाको बारेमा भने मौन


0
Shares

काठमाडौं, चैत २४ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेमा प्रवेश गरेका संघीय संसदका चार जना सांसदलाई कारबाही गरेको छ ।

माओवादी केन्द्रले उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभू साह, उर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई कारबाही गरेको हो ।

उनीहरुलाई पार्टी सदस्य र सांसद पद समेत नरहने गरी कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरिएको पत्र भने संसद सचिवालयमा दर्ता गरिएको छैन ।

उर्जामन्त्री रायमाझी अर्घाखाँची–१, उद्योगमन्त्री भट्ट कैलाली–४, शहरी विकासमन्त्री साह रौतहट–३ र श्रममन्त्री रहेका चौधरी कैलाली–३ बाट निर्वाचि भएका हुन् ।

माओेवादी केन्द्रको कारबाहीसंगै उनीहरुको सांसद पद भने खोसिने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाको विषयमा भने कुनै निर्णय गरिएको छैन ।

यस्तै सांसद नरहेका तर ओली सरकारमा मन्त्री रहेका खेलकुदमन्त्री दावा लामा र खानेपानी मन्त्री मणि थापाको विषयमा पनि कुनै निर्णय गरिएको छैन ।