१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माओवादी केन्द्रको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित


0
Shares

काठमाडौं, चैत २४ । बागमती प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ ।

माओवादी केन्द्रले लामो समयपछि सुरु भएको प्रदेशसभा बैठकमा विभिन्न मागहरु राख्दै संसद अवरुद्ध गरेको हो ।

माओवादी केन्द्रले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विभिन्न बहानामा सरकारले छलफलमा ल्याउन नदिएको, प्रदेशमा छलफल बिना नै विद्युतीय बस संचालनमा ल्याउन लागेको भन्दै तत्काल त्यस सम्बन्धमा उचित जवाफ माग गर्दै संसद अवरुद्ध गरेको हो ।

माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमरकट्टेलले तत्कालिन नेकपाको प्रदेशसभाका बहुसंख्यक सदस्यहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नै नदिएको आरोप लगाउनुभयो ।

उहाँले सभामुखले तत्काल संसदमा अविश्वासको प्रस्तावलाई छलफलमा ल्याउन माग गर्दै माओवादी केन्द्रले अविश्वास प्रस्ताव फिर्ता नगर्ने र छलफलको निर्णयलाई स्वीकार्न तयार रहेको बताउनुभयो ।

सरकारको दबावका कारण सभामुखले अविश्वासको प्रस्तावमाथि छलफल गर्ने वातावरण नबनाएको जमरकट्टेलको भनाइ थियो ।

माओवादी केन्द्रका सांसदहरुको अवरोध पछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले भोलि चैत्र २५ गते दिउँसो ११ बजे बस्नेगरी बैठक स्थगित गर्नुभएको छ ।