
काठमाडौं, चैत २४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि बम प्रहार गर्ने रामबहादुर थापालाई गृहमन्त्री बनाएर गल्ती गरेको बताउनु भएको छ ।
रुकुम पश्चिमको सदरमुकाम खलंगामा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले २०७० सालको चुनावमा आफूलाई गद्दार भन्दै बम प्रहार गर्ने थापालाई गृहमन्त्री बनाउनु गल्ती थियो भन्नुभयो ।
पार्टी विभाजन गरेर गएकाहरुलाई फर्काएर माथिल्लो तहमा जिम्मेवारी दिएको तर उनीहरू बिकाउ माल सावित भएको पनि दाहालको दुखेसो थियो ।
प्रचण्ड कमजोर भयो, जनताको साथ छैन । संविधान र गणतन्त्र उल्टाइदिए हुन्छ भन्ने सिंहदरबारमा बसेका प्रतिक्रान्तिकारीहरुलाई सन्देश दिन पनि आफू रुकुम आएको दाहालको भनाइ थियो ।
शहीद परिवार र जनयुद्धमा त्याग गर्नेहरू ओझेलमा परेको महसुश भएको भन्दै उहाँले अब त्यस्तो गल्ती नगर्ने र दुःखमा आफूलाई बचाउनेहरुसंग आत्मआलोचना गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्