
काठमाडौं, चैत २४ । मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार सहित बजार सूचकले उचाईको नयाँ रेकर्ड कायम रहने क्रमजारी रह्यो ।
उतार चढावबीच नेप्से १५ अंकले उकालो लागेर २६ सय ७४ को उचाई कायमभयो ।
कारोबार पनि उच्च नै साढें ७ अर्ब बराबर पुग्यो ।
यस दिन बढी जसो समूह हरियो रहे ।
होटल तथा पर्यटन, उत्पादनमूलक, जलविद्युत, लघुवित्त, विकास बैंक, लगानी र सामुहिक लगानी कोष उकालो लागे ।
होटल तथापर्यटन समूहमा सबैभन्दाउच्च २ सय ५ अंकको बृद्धि आयो ।
अरु समूहओरालो लागे । व्यापार समूहमा सबैभन्दाउच्च ४ सय ३२ अंक र बीमा समूहमापनि बढी अंकको गिरावट आयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १३ कम्पनीको १ करोड ६१ लाखकित्ता शेयर ७अर्ब ४८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्