
काठमाडौं, चैत २४ । बुक विल्डिङ्गले शेयर बजारमा सकरात्मक प्रवाव पर्ने दाबी सरोकावालाले गरेका छन् ।
मंगलवार राजधानीका आयोजित एक कार्यक्रममा नेपालको पुजीबजारमा शुरुवाती चरणमा रहेको बुक विल्डिङ्ग विधिमा ४० प्रतिशत संस्थागत लगानीकर्ता र ६० प्रतिशत सर्वसाधारण लगानीकर्ताले पाउने अवधारणाका साथ अघि सारिएको जानकारी दिइयो ।
अन्तर्राष्ट्रिय रुपमा स्थापित भई प्रचलिनमा रहेकोबुक विल्डिङ्ग विधिबारे लगानीकर्तामा स्पष्ट जानकारी छैन ।
यो विधिमा धितोपत्रको मुल्य प्रतिष्पर्धाबाट निर्धारण हुनेछ । कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले संचारकर्मीले शेयर बजार सम्बन्धि समाचारमा सत्य तथ्यमा बढी जोड दिनु पर्ने बताउनुभयो ।
नेपाल स्टक एक्सचेञ्का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले शेयर बजारमा अनलाईन प्रणालीमा आएको बारम्बार समस्या तत्काल समाधान प्रयास भइरहेको भन्दै लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास गर्नुभयो ।
कार्यक्रममा बुकविल्डिङ्ग सम्बन्धि धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक रुपेश के. सी र ग्लोबल आइएमई क्यापिटलका पारसमणि ढकालले कार्यपत्र प्रस्तुत गर्नुुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्