
तेह्रथुम, चैत २५ । तेह्रथुमको तीनजुरे मिल्के जलजले क्षेत्रमा चैतको तेश्रो सातमा बित्न लाग्दा पनि यस वर्ष पर्याप्त गुराँस फुलेको छैन ।
माघ अन्तिम साताबाटै फुल्न थाल्ने गुराँस यो वर्ष भर्खर फुल्न लागेका कोपिला मात्रै लागेको छ ।
तेह्रथुमको तीनजुरे, ताप्लेजुङको मिल्के र संखुवासभाको जलजले मिलेर बनेको टिएमजे क्षेत्रको प्रवेशद्वार वसन्तपुरदेखि टुटेदेउराली, घुर्मिसे, पाथीभरा, पाँचपोखरी क्षेत्रमा फाट्ट फुट्ट मात्रै गुराँस फुलेको छ ।
मौसम अनुसार जेठ मसान्तसम्म नै गुराँस फुलिरहने गर्छ ।
यो क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस फुल्ने गरेको छ ।
तिनजुरे मिल्के जलजले क्षेत्र पुर्बकै एक सफल पर्यटकीय गन्तव्यको रुपमा परिचीत बन्दै आएको छ ।
हाँका जाडो सिजनमा हिउँ खेल्न पर्यटकहरुको आकर्षण बन्ने गरेको छ भने चैत्र वैशाखमा गुराँसे बनमा रमाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्