२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्युठानमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु


0
Shares

काठमाडौं, चैत २५ । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ ।

बुधबार बिहान करिब ९ बजे रमेश रानाको गोठमा आगलागी हुँदा सात वर्षीय हिमाल राना र तीन वर्षीया चन्द्रकला रानाको ज्यान गएको स्थानीय किशोर रानाले जानकारी दिनुभयो ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको उहाँले बताउनुभयो ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।