१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तेह्रथुममा ढाकाको व्यापार आधा घट्यो


0
Shares

प्रकाश लिम्बु (इमेज)
तेह्रथुम, चैत २६ । तेह्रथुममा ढाका कपडाको व्यापारमा गिरावट आएको छ ।

अघिल्लो वर्षसम्म यहि समयमा लाखौं रुपैयाँको ढाका कपडा बिक्री गर्दै आएका तेह्रथुमका ढाका व्यवसायी यस वर्ष बिक्री नभएपछि निरास भएका छन् ।

मेसिन प्रयोग नगरी हातैबाट धागो र रंगको संयोजन गरि कलात्मक तरिकाले बनाएका तेह्रथुमका ढाकाको कपडा यो बर्ष कमनै बिक्री भएको छ ।

कोरोना भाइरसका कारण ढाका कपडा बिक्रीमा पुरै गिरावट आएको हो । गत वर्ष यहि सिजनमा १० लाख रुपैयाँ बढीको बिक्री भएको ढाका कपडा यस वर्ष मुस्किलले ५ लाख रुपैयाँको पनि बिक्री भएको छैन् ।

देशका विभिन्न स्थानमा ढाका कपडा बुनिए पनि तेह्रथुमे ढाका कपडाको छुट्टै पहिचान बनेको छ ।

जसलाई जोगाउन स्थानीय सरकारले समेत पहल गरी रहेका छन् ।

ग्रामिण क्षेत्रका महिलाहरुलाई व्यावसायीक बनाउने उद्देश्यले सिप प्रदान गरिएको लालीगुराँस नगरपालिकाका उपमेयर लिला पोेखरेल बताउनुहुन्छ ।

तेह्रथुमे ढाका कपडा नेपालमा मात्र नभएर हङकङ, युके, सिंगापुर, ब्रुनाई, भारतलगायतका देशहरुमा पनि निर्यात बढ्न थालेको थियो ।

तर यस वर्ष कोरोना भाइरसका कारण ढाका कपडा नबिकेपछि समस्या परेको उद्यमीहरुको भनाई छ ।

महिलाहरुले केही पनि गर्न सक्दैनन् भन्ने परम्परालाई तोड्दै सिप लिन सके महिला पनि अगाडी बढ्न सक्छन भन्ने ढाका बुनाई व्यवसायी अनु राना मगरको भनाई छ ।

ढाका कपडाले जिल्लाको अर्थतन्त्रमा समेत ठुलो टेवा पुर्‍याउदै आएको छ ।

यसबाट हजारौं महिलाले रोजागरी समेत पाएका छन् । कोरोना भाइरसका कारण ढाका कपडा नविकेकाले सरकारले उद्यमीहरुलाई सरल ब्याजमा ऋणको व्यवस्था गरिदिनु पर्ने ढाका कपडा व्यवसायीहरुको माग छ ।

उद्यमीहरुले हातैले बुनेर ढाकाको टोपी, साडी, कुर्ता सरवाल, पछ्यौरा, चौबन्दी चोलोलगायतका सामाग्रीहरु बनाउदै आएका छन् । त्यसो त यहाँका ढाका उद्योगी महिलाहरुलाई हातमा सिप नहुँदा सामान्य खर्च गर्न समेत श्रीमान कै भर पर्नु पर्ने थियो ।

सिपलाई निरन्तरता दिँदै व्यावसायीक बन्न सके यस उद्योगबाट महिलाहरु आफै समक्ष हुँदै जाने विश्वास गरीएको छ ।

त्यसो भए मात्र आर्थिक रुपमा विपन्न परिवारका महिलाहरुलाई स्थानीय सरकारले दिएको सिपले जिविका पार्जन गर्न समेत सहज बन्ने देखिन्छ ।