
रोमन आचार्य (इमेज)
काठमाडौं, चैत २६ । ओली सरकार ढालेर र आफ्नो नेतृतवमा सरकार बनाउने निर्णय गरेको नेपाली कांग्रेसले लामो समय बित्दा पनि सरकार गठनका लागि सार्थक पहल गरेको देखिदैन् ।
माओवादी केन्द्र र जसपासँग सरकार गठनको मोर्चा कस्नुपर्ने कांग्रेस यी दुई दलसँग औपचारिक छलफलमा नबस्दा सरकार गठनमा उदासिन बनेको आरोप लाग्न थालेको छ ।
चैत २० गते बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको पहिलो निर्णय केपी ओली नेतृतवको सरकारलाई सत्ताच्यूत गरेर आफ्नो नेतृत्वमा सरकार बनाउने थियो ।
तर, निर्णय गरेको ६ दिन वितिसक्दा पनि कांग्रेसले सरकार हटाउन औपचारिक कदम चालेको देखिदैन् ।
प्रधानमन्त्री ओलीप्रति नरम बनेको भन्दै सभापति शेरबहादुर देउवाको आलोगर्ने कांग्रेसका केही नेता सभापति देउवा सरकार हटाउने विषयमा गम्भिर नभएको आरोप लगाउँछन् ।
तर,विधानसम्वत् संसदमा प्रमुख प्रतिपक्षि दल बन्ने अंकगणितीय हैसियत कमाउन नसकेको कांग्रेसलाई ओली सरकार हटाउन सहजता भने छैन ।
सहमहामन्त्री महतले भनेजस्तै कांग्रेसको नेतृत्वमा सरकार बन्नका लागि माओवादी केन्द्र र जसपा निर्णायक शक्ति हुन् ।
यी दुई पार्टीको रणनीतिमा सरकारविरुद्धका कदम चाल्ने योजना बुनेको कांग्रेस जसपाको ढुलमुलका कारण अन्योलमा देखिन्छ ।
तर, ओली हटाउ अभियानमा सक्रियताका साथ लाग्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेर भए पनि सरकारविरुद्धको मोर्चा बनाउनुपर्ने तर्क गर्नुहुन्छ ।
६१ सांसद बोकेर ओलिविरुद्धको अविश्वास प्रस्ताव दर्ता गर्नु कांग्रेस आफैलाई ‘व्याक फाइरिङ्ग’ हुन सक्छ ।
समिकरण बुझेरै हुनुपर्छ पौडेल जसपा अध्यक्ष महन्थ ठाकुरलाई ओलिइतर खेमामा तान्न संवादमा जुट्नुभएको छ ।
दुई धारमा प्रष्ट चिरा परेको जसपाभित्र एक समूह दुर्घटना मोलेर भएपनि ओलीमाथीको संकटमोचन टार्ने अभियानमा छ ।
माओवादी केन्द्र तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने भन्छ । कांग्रेसले कीन तीन दलिय निर्णायक छलफल गर्न नसकेको ?
निर्णायक शक्ति जसपा दुई धारमा बाडिदा नयाँ सरकार कल्पना बाहिरको विषय हो ।
यो समिकरण देउवाले राम्ररी बुझ्नुभएको छ ।
नभए मुखमा आएको पद छाड्ने हार्दीकता देउवामा छैन् ।
चैत २० को पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णय फगत पौडेल समूहको जिद्दीपनलाई मथ्थर बनाउने संस्थापन समूहको रणनीति बाहेक अरु केही नभएको बुझन कठिन छैन ।
प्रतिक्रिया दिनुहोस्