
सुर्खेत, चैत २६ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको दिशातर्फ अघि बढेको आरोप लगाउँदै फेरि विद्रोहको आवश्यकता परेको जिकीर गर्नुभएको छ ।
सुर्खेतमा बिहीबार आयोजित कार्यक्रममा उहाँले परिवर्तनलाई संस्थागत नगरी प्रतिक्रान्तितिर लागेका ओलीलाई अबको विद्रोह महँगो पर्ने चेतावनी दिनुभयो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए पनि प्रतिक्रान्तिको खतरा कायमै रहेको भन्दै दाहालले प्रतिक्रियावादीहरुलाई परास्त गर्न महिलाहरुले विद्रोहकोे झण्डा उठाउनुपर्छ भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्