
काठमाडौं, चैत २६ । साताको अन्तिम दिन बिहीबार पुनः शेयर बजार सामान्य अंकले सकारात्मक रह्यो ।
अघिल्लो दिन तीन अंकले ऋणात्मक रहेको शेयर बजार उतार चढावकाबीच यस दिन पुनः तीनै अंकले सुधारिएर २६ सय ७४ पुग्यो ।
कारोवार रकम पनि साढे ६ अर्ब बढी भएको बजारमा आधा उपसुचक हरियो रहदा आधा रातो रहे ।
यसदिन लघुवित्त समुह सबैभन्दा उच्च १ सय ६ अंकले उकालो लाग्दा जिबन बिमा समूह ९९ अंकले सुधारिएको छ ।
वित्त समुह ३९, होटल तथा पर्यटन समुह ३०, विकास बैक समुह २१ अंकले उकालो लागेका छन् ।
यसदिन निर्जिबन बिमा सबैभन्दा उच्च ६३ अंकले ओरालो लाग्दा व्यापार समूह ३२, उत्पादनमूलक समूह २९, लघुवित्त समूह २३ र अन्य २२ अंकले ओरालो लागेका छन् ।
यस दिन नेपाल स्टक एक्सचेन्मजा २ सय ७ कम्पनीको १ करोड ३३ लाख बढी कित्ता शेयर ६ अर्ब ५५ करोडमा कारोवार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्