
बागलुङ, चैत २७ । बागलुङको निसीखोलामा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् ।
निसीखोला गाउँपालिका वडा नम्बर ४ ओखरेनीमा आगलागी हुँदा स्थानीय नरबहादुर क्षेत्रीको घर गोठ र नरि क्षेत्रीको घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
स्थानीय प्रेमबहादुर क्षेत्रीको घरमा भने आंशिक क्षति भएको छ ।
बारीमा आगो लगाउदा अनियन्त्रित भई घर सल्किएको जनाइएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्