१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बेलायती राजकुमार फिलिपको निधन


0
Shares

एजेन्सी । बेलायती राजकुमार फिलिपको निधन भएको छ ।

फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ ।

फिलिप बेलायती महारानी एलिजाबेथ द्धितीयका पति हुनुहुन्थ्यो ।

महारानीले नै राजकुमार फिलिपको दुःखद निधन भएको बताएको बकिङघम प्यालेसलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

उहाँको बिहान वन्डिसोर क्यास्टलमा निधन भएको हो । लामो समयदेखि मुटुको समस्याबाट पीडित फिलिप गत फेब्रुअरीको मध्यतिर अस्पताल भर्ना हुनुभएको थियो ।

उहाँको निधनप्रति प्रधानमन्त्री बोरिस जोन्सनले फिलिप युवाहरुका उत्प्रेरक भएको प्रतिक्रिया दिनुभएको छ ।

राजकुमार फिलिप र राजकुमारी एलिजावेथबीच सन् १९४७ मा बिहे भएको थियो ।

त्यसको पाँच वर्षपछि सन् १९५२ मा राजकुमारी एलिजाबेथ महारानी बन्नु भएको थियो ।