१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणी नदीको धारनै परिवर्तन गर्ने


0
Shares

चितवन, चैत २७ । नारायणी नदीमा नदीजन्य पदार्थको उत्खनन्को जिम्मा पाएको ठेकेदार कम्पनीले नदीको धारनै परिवर्तन गरेपछि विवाद भएको छ ।

भरतपुर महानगरपालिकाले निकालेको ठेक्कामा छनौट भएको ठेकेदार कम्पनीले नारायणी नदीको धार परिवर्तन गराएर गैँडाकोट तर्फको बस्तीतिर सोज्याएपछि विरोध गर्नुपरेको गैँडाकोट नगरपालिका वडानम्वर १० का वडाअध्यक्ष देवीदत्त कडँेल बताउनुभयो ।

ठेक्का प्रकृया देखि उत्खनन गर्न सुरु गरेदेखि कुनै पनि समन्वय नगरेको र अहिलेकै तरिकाले उत्खनन गरे वस्तीनै जोखिममा पर्ने वडाअध्यक्षको भनाइछ ।

नदिको धार बीच भागबाट बग्ने गरी नदी जन्य पदार्थको उत्खनन गर्नुपर्नेमा गैँडाकोट तर्फकै भागमा पर्ने ठाउँमा करिव १ सय ५० मिटर लामो अग्लो छेकवार बनाई नदीजन्य पदार्थको उत्खननको तयारी भएको थियो ।

उक्त कार्य अवैधानिक भएको भन्दै गैँडाकोट नगरपालिकाले विरोध जनाएको छ ।

शुक्रबार जनप्रतिनिधि सहितको टोलीले अवलोकन गरी तत्काल समस्या समाधान गर्न माग गरेको छ ।