
काठमाडौं, चैत २९ । प्रदेश २ को प्रदेशसभा बैठक करिब छ महिनापछि सोमबार बस्ने भएको छ ।
प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहँदा छ महिनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौं अधिवेशन सुरु गर्न लागिएको बताइएको छ ।
प्रदेशसभा संसद सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार चौथो अधिवेशन कात्तिक ४ गते सकिएको थियो ।
संसद बैठकअघि कार्यव्यवस्था समितिको बैठक बोलाइए पनि सदस्यको टुङ्गो लाग्न नसक्दा बैठक बस्न नसकेको हो ।
नेकपा पार्टी विभाजन र जनता समाजवादी पार्टी एकता भएकाले कार्य व्यवस्था समितिको सदस्य फेरबदल गर्न दललाई पत्र पठाए पनि उनीहरूले नाम नदिँदा कार्य व्यवस्था समितिको बैठक अन्योलमा परेको हो ।
पाँचौं अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची तय भएको छ ।
अन्य विषयमा दलसँग छलफल भइरहेको यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्