
काठमाडौं, चैत २९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका मुख्य दुई नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्नुपर्ने बताइरहे पनि अवस्था भने ठिक विपरित देखिएको छ ।
आइतबार अपरान्ह काठमाडौं भित्रिने पश्चिमी नाका नागढुङ्गा र पुर्वी नाका साँगा भञ्ज्याङमा कुनैपनि सुरक्षा सावधानी, चेकजाँच भएको देखिएन ।
सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयम्ले पनि सुरक्षा सावधानी अपनाएका छैनन् ।
तैनाथ सुरक्षाकर्मीले सवारी साधनको लगत लिने बाहेक अन्य कुनै सर्तकता अपनाएको देखिएन ।
यी दृश्यले काठमाडौं उपत्यकामा संक्रमणको जोखिमलाई बढाएको छ ।
मास्क लगाउने, दुरी कायम गर्ने कुनैपनि सुरक्षा सावधानीको उपायको न्युनतम रुपमा पनि प्रयोग भएको छैन ।
यात्रुहरु बिना मास्क कुनै भौतिक दुरी कायम नगरी जोखिमपुर्ण रुपमा उपत्यका प्रवेश गरिरहेका छन् ।
यता, काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्