१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा दिउँसै चाेरी गरी घर धनीकै कपडा लगाई निस्कने गिरोह पक्राउ


0
Shares

दिपक श्रेष्ठ (इमेज)
काठमाडौं, चैत २९ । पछिल्लो समय काठमाडौंका केही क्षेत्रमा चोरी डकैतीमा घटना बढ्न थालेका छन् ।

दिउँसै हुने चोरी डकैतीमा गिरोहको नै संलग्नता रहेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

चैत्र महिनामा मात्र प्रहरीले यस्तो घटनामा संलग्न तीन वटा गिरोहलाई पक्राउ गरेको जनाएको छ ।

केहि दिनअघि मात्र महानगरिय प्रहरी बृत लैनचौर र प्रहरी परिसर काठमाडौंको टोलीले ठमेल स्थित चिनियाँ नागरिकको डेरामा लखौं रुपैयाँसहित गरगहना लुटेको अभियोगमा ४ जनालाइ पक्राउ गर्यो ।

त्यसैगरि महानगरीय अपराध महाशाखा टोलिले चोरी कार्यमा संलग्न रहेको कुखुरे ग्याङका ५ जनालाइ पक्राउ गरेको महानगरिय अपराध महाशाखाले जनाएको छ ।

कुखुरे ग्याङ्गले बिगत ४/५ वर्षदेखि काठमाडौंको बालाजु, महाराजगंज लगायतका क्षेत्रलाई आधार बनाई उपत्यका भित्रका विभिन्न स्थानमा चोरी गर्ने गरेको पाइएको छ ।

यो समुहले गत पुष १९ गते टोखास्थित सुरेश शाहीको घरमा कोही नभएको मौका पारेर ४० ईन्चको टिभीसहित सुनका गर गहनासमेत गरि १३ लाख ६१ हजार बराबरको धनमाल चोरेको थियो ।

यो गिरोह दिउँसोको समयमा मानिस घरमा नभएको मौका पारेर विभिन्न चोरीका घटनामा संलग्न हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

चोरी गर्नुपहिला यीनिहरुले चोरी गर्ने घर छनोट गर्ने र सो घरको सुक्ष्म निगरानी गर्ने गरेको पाइएको छ ।

केही समयकोे निगरानीपछि मानिस नभएको समयमा घरमा गएर चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दिउँसै चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

चोरीका घटना बढन थालेपछि आफ्नो घरको सुरक्षामा ध्यान दिन आग्रह गरेको प्रहरीले घरबाट बाहिर निस्कदा पनि सावधानी अपनाउन अनुरोध गरेको छ ।

लामो समयको लागि घर छोडेर जादा नजिकको प्रहरीमा खबर गर्न समेत सर्वसाधरणमा अनुरोध गरेको छ ।