७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


संस्कृति राजनीति भन्दा भिन्न : पूर्वमन्त्री साउद


0
Shares

काठमाडौं, चैत ३० । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्दीय सदस्य एनपी साउदले संस्कृति संरक्षणमा राज्यले अग्रसरता लिनुपर्ने बताउनु भएको छ ।

देउडा समाजले नयाँ वर्ष २०७८ एवं विसु पर्वको उपलक्ष्यमा राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संस्कृति राजनीति भन्दा भिन्न र सबैको साझा रहेको बताउनुभयो ।

कार्यक्रममा आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका वरिष्ठ सञ्चारकर्मी हरिश चन्द, सञ्चारकर्मी गुणराज लुइटेल, साहित्यकार शशि थापा पण्डित, सञ्चारकर्मी कृष्ण मल्ल र गायक भोजराज भट्टलाई अभिनन्दन गरिएको थियो ।

वैशाख १ गते सुदूर पश्चिम क्षेत्रमा विसु पर्व मनाउने गरिन्छ ।

विसु पर्वमा वर्षभरि शरिरमा विष नलागोस भनेर विहानै नदीमा गएर शरिरमा तितेपाति दलेर स्नान गर्ने गरिन्छ ।