१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


नेप्से १७ अंकले उकालो लागेर २६ सय ९१ पुग्यो


0
Shares

काठमाडौं, चैत ३० । शेयर बजारमा सोमबार पनि दोहोरो अंकको वृद्धि भएको छ ।

उतारचढाव बिच बजार परिसुचक नेप्से १७ अंकले उकालो लागेर २६ सय ९१ पुगेको छ ।

यसदिन कारोबार भएका आधा समुह उकालो लाग्दा आधा समुह भने घटेका छन् ।

जीवन बिमा समुह सबैभन्दा उच्च १ सय ९७ अंकले बढ्दा लघुवित्त समुह १ सय ८८ अंकले बढेको छ भने निर्जिवन बिमा समुहमा १ सय ६३ र बैंकिङ समुह १७ अंकले बढेको छ ।

होटल, व्यापार र जलविद्युत समुहमा भने दोहोरो अंकको गिरावट आएको छ ।

यसदिन १ सय १२ कम्पनीको शेयर मुल्य बढ्दा ५७ कम्पनीको शेयर मुल्य घट्यो ।

एनआईसी एसिया लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढि कमाउँदा सान्जेन जलविद्युत कम्पनीले सबैभन्दा बढि गुमाउन पुग्यो ।

यसदिन २ सय १६ कम्पनीको १ करोड ३८ लाख कित्ता शेयर ७ अर्ब ६१ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।