१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


बर्षको अन्तिम दिन शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम


0
Shares

काठमाडौं, चैत ३१ । २०७७ सालको अन्तिम दिन मंगलबार शेयर बजारमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

उतारचढाव बिच बजार परिसुचक नेप्से २७ सय १४ बिन्दुमा पुगेको हो ।

यस दिन कारोबार भएका आधा समुह उकालो लाग्दा आधा समुह भने ओरालो लागे ।

८५ कम्पनीको शेयर मुल्य बढ्दा ८६ कम्पनीको शेयर मुल्य भने घट्यो । यसदिन विकास बैंक समुह सबैभन्दा उच्च ९५ अंकले उकालो लाग्दा व्यापार समुह ६९ अंक र वाणिज्य बैंक समुह ४२ अंकले उकालो लागेका छन् ।

निर्जिवन बिमा समुह ८८ अंकले ओरालो लाग्दा जीवन बिमा समुह ५१ अंक र उत्पादनमुलक समुह २१ अंकले ओरालो लाग्यो । मंगलबार एनआईसी एसिया लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढि कमाउँदा लक्ष्मी लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढि गुमाउन पुग्यो ।

यसदिन २ सय ९ कम्पनीको १ करोड ४६ लाख कित्ता शेयर ७ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।