१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोटाङको निर्मलिडाँडामा आगलागी


0
Shares

खोटाङ, चैत ३१ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका स्थानीय कुलमान चौहानको घर र गोठमा आगलागी हुँदा झण्डै १२ लाख रुपैयाँ बरावरको धनमाल क्षति भएको छ ।

गएराती भएको आगलागीमा उनको एक घरसहित ४ वटा गोठमा रहेका २० वटा, बाख्रा, दुईवटा लैनो भैंसी, पाडा जलेर नष्ट भएका छन् ।

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

पीडित चौहान खेतीपाती गर्दै जीविकोपार्जन गर्ने व्यक्ति हुन ।