
सर्लाही, बैशाख १ । नयाँ वर्षमा सर्लाहीका विभिन्न पर्यटकिय क्षेत्रहरु भरीभराउ भएको छ ।
नयाँ वर्षमा पारिवारीक तथा सामूहिक वमनभोज लागि घुम्न जानेहरुले गर्दा सर्लाहीको पर्यटकिय क्षेत्रहरु भरीभराउ देखिएको हो ।
सर्लाहीको चन्द्रनगरमा रहेको नाढिमन ताल नजिकका भान्सा घर संचालन गर्दै आएको व्यवसायी राम किशुन सिंह अन्य दिनमा भन्दा यस दिन धेरै भिडभाड हुने गरेको बताउँनु हुन्छ ।
विगतका वर्षमा दैनिक ५० देखि ६० जनाको हाराहारिमा पर्यटक आउने गरेकोमा यस वर्षको नयाँ वर्षमा ५०० जनाको हाराहारिमा घुम्न आएको सिंह बताउनुहुन्छ ।
भौतिक पूर्वाधारहरुको पहुँच उपलब्ध गर्न सके यस क्षेत्रको विकाशमा झन् टेवा पुग्ने देखिन्छ ।
सर्लाही र रौतहटको सिमानामा रहेको बागमती नदिको किनारमा पर्ने नुनथरमा भने नेपाली सँगसँगै भारतीय पर्यटक समेत घुम्न आउने गरेका छन् ।
यस दिन मात्र सयौँको संख्यामा भारतीयहरु नुनथर आउने गरेका छन् ।
बागमतीको किनारमा रहेको र वरपर रमणिय दृश्य देख्न पाइने भएकाले समेत यस क्षेत्रमा धेरै मानिसहरु आउने गरेका हुन् ।
बागमती नदीमा डुंगाले समेत पर्यटकलार्इ लोभ्याउने गरेको छ ।
त्यस्तै बागमतीमै रहेको पोखरीमा समेत डुंगा चढ्नकै लागि पर्यटकको भिड बढेको छ ।
सर्लाहीको अन्य पर्यटकिय क्षेत्रहरु र्इश्वरपुरमा नगरपालिकामा रहेको सागरनाथ महादेव मन्दीर , हरिपुरमा नगर पालीकाम रहेको लक्ष्मी नारायण माहदेव मन्दीर तथा मलनीया पोखरी, लालबन्दी नगर पालीकामा जल्केश्वर माहदेव मन्दीर तथा बरहथवाको मुक्तेश्वर मन्दीर लगायतको समेत नयाँ वर्षको पहिलो दिन भिड भाड हुने गर्दछ ।
त्यस क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको डीएसपी मदन कुँवरले बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्