
काठमाडौं, बैशाख २ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न ठाउँबाट हराएका २६ वटा मोटरसाइकल फेला पारी बिहीबार सम्बन्धित सवारी धनीलाई हतान्तरण गरेको छ ।
सादा पोसाकमा खटिएका ट्राफिक प्रहरी टोलीे १५ दिनमा चोरी भएका उक्त मोटरसाइकल फेला पार्न सफल भएको हो ।
मोटरसाइकल हस्तान्तरण कार्यक्रममा महाशाखा प्रमुख जनक भट्टराईले हराएको सवारी फेला पार्नु भन्दा पनि हराउनै नदिने तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
महाशाखाले यस अर्थिक बर्ष भित्र हराएका ८ सय १६ वटा मोटसाइकल फेलापारी सम्बन्धित धनिलाई बुझाइ सकेको छ भने ५२ जना मोटर्साइकल चोरिमा संलग्न चोरहरु माथि कारवाही गरिसकेको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
महाशाखाले चोरीको सवारी साधन खोजिमा प्रभावकारी रुपमा खटिएको भन्दै ट्राफिक प्रहरी सहायक निरीक्षक धन बहादुर क्षेत्रीलाई नगद पुरस्कारबाट पुरस्कृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्