८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेप्सेमा फेरि नयाँ रेकर्ड, पौने ९ अर्बको कारोबार


0
Shares

काठमाडौं, बैशाख २ । नयाँ बर्षको पहिलो दिनको शेयर कारोबारमा पनि सुधार जारी रहेर उचाईको नयाँ रेकर्ड कायम रह्यो ।

उतार चढावबीच बजार परिसूचक नेप्से २० अंक बढीले सकरात्मक रहेर २७ सय ३५ पुग्यो ।

यो हालसम्मकै उच्च हो । मंगलबार पनि नेप्से बढेर २७ सय १४ को उचाई कायम भएको थियो ।

यस दिन कारोबार पनि उच्च झण्डै पौने ९ अर्ब हाराहारी पुग्यो ।

व्यापार र जलविद्युत बाहेक कारोबार भएका अरु सबै समूहमा हरियाली छायो ।

विकास बैंक समूहमा सबैभन्दा उच्च ९० अंकको बृद्धि आयो । जीवन बीमा, उत्पादनमूलक, वित्त र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले सुधारिए ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १८ कम्पनीको १ करोड ९० लाख कित्ता शेयर ८ अर्ब ६४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।