
धनकुटा, बैशाख ३ । धनकुटास्थित तमोर नदीमा र्याफटिङ शुरु भएको छ ।
कोरोनाका कारण अस्तव्यस्त बनेको पर्यटकीय गतिविधी अहिले चलयमान भएको छ ।
र्याफ्टिङको रौनक हिले तमोर नदीको मुलघाटमा समेत देखिएको छ ।
तमोर नदीमा र्याफ्टीङ्ग संचालन भइरहे पनि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बन्द भएको थियो ।
र्याफटिङका लागि नेपालका विभिन्न जिल्लासहित सार्क राष्ट्र र तेस्रो मुलकका पर्यटकसमेत तमोरमा आउने गरेको व्यवसायीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्