
काठमाडौं, बैशाख ३ । आज र भोलि पनि हावाहुरी र चट्याङसहित पानी पर्ने मौसमविदले बताएका छन् ।
प्रदेश १ र प्रदेश सातमा यसको बढी प्रभाव पर्ने मौसमविदको भनाइ छ ।
बाँकी प्रदेशका पनि पहाडी भागहरु प्रभावित हुने बताइएको छ ।
प्रि–मनसुन सुरु भएकाले आज र भोलि पनि यो सक्रिय नै रहने र यसको प्रभावले अपराह्नपछि हावाहुरी चल्ने, चट्याङ पर्ने र हल्का वर्षाको संभावना रहेको छ ।
प्रि–मनसुनको अवधिमा स्थानीयस्तरमा बादल विकसित भइ गड्याङगुडुङ गर्ने, चट्याङ पर्ने र हल्कादेखि मध्यमखालको पानी पर्ने गर्दछ ।
यस्तो क्षणिक अवस्था मनसुनी वायु प्रवेश नगरेसम्म जारी रहन्छ ।
हावा हुरी र चट्याङले मानवीय क्षतिसमेत पु¥याउन सक्ने भएकाले सतर्क रहन र त्यसबाट जोगिने उपाय अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आफ्नो बुलेटिनमार्फत् आग्रह गरेको छ ।
हिजो बेलुकीपख काठमाडौं उपत्यकासहितका केही जिल्लाहरुमा पनि हावाहुरी चलेको थियो ।
चट्याङसमेत पर्दा भोजपुर, बागलुङ र स्याङ्जामा एक–एक जना गरी तीन जनाको मृत्यु भएको प्रारम्भिक विवरण आएको छ ।
बिहीबार बेलुकी अन्य प्रदेशको तुलनामा प्रदेश १ मा बढी पानी परेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्