
AFP
एजेन्सी । अमेरिकाको इन्डियानापोलिस शहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी ८ जनाको हत्या गरेको छन् ।
सो शहरमा रहेको फेडेक्सको कार्यालय बाहिर ती व्यक्तिले सर्वसाधारणमाथि गोली प्रहार गरी हत्या गरेपछि आफैलाई गोली हानेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् ।
घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
गोली प्रहार गर्ने ब्यक्तिको साथबाट स्वचालित मेशिन गनका साथै राइफल बरामद गरेको छ ।
गत साता मात्रै अमेरिकामा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकामा बन्दुक राख्ने कानुन संशोधन गर्ने घोषण गरेकै बेला अर्को गोली काण्ड भएको हो ।
प्रतिक्रिया दिनुहोस्